1 year ago
January 29, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध बलियो योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा समेटियो ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भत्ताको बलमा आउट भएका थिए । ८८-६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरेका थिए । बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए ।
ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो । उनलाई पाचौं ओभरमा भोजराज भट्टले क्याच आउट गराएका थिए । भिम शार्की पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए । आइतवार कर्णाली प्रदेश विरुद्ध शतक प्रहार गरेका कप्तान विनोद भण्डारीले आज २ रन मात्र बनाउन सके । भिम र विनोद दुवैलाई भोजराजले नै आउट गरेका थिए ।
त्यसपछि आउट हुने ओपनर सन्तोष कार्की थिए । २८ बलमा ५ चौकाको मद्दतमा ३० रन बनाएर उनी १०औ ओभरमा बिकास आग्रीको शिकार बने । विवेक यादव पनि ४ रन मात्र बनाएर नरेन साउदको बलमा बोल्ड आउट भए । मध्यक्रमका ब्याटर सन्दिप रजालीले ३७ रन बनाएर नरेनको बलमा आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
शाहब आलमले २५ बलमा २१ रन बनाएर भोजराजकै बलमा क्याच आउट भए । सोमपाल कामी पनि ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर उनकै बलमा आउट भए ।
सुदुरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन सहित ६३ रन दिँदै ६ विकेट लिएका हुन् । यस्तै नरेन साउदले ९ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए । अर्को एक विकेट बिकाश आग्रीले लिएका थिए ।
आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । दुवै टोलीलाई फाइनल सम्भावना कायम राख्न आज जित्ने पर्ने दवाब छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]