default_image

1 year ago

January 28, 2024

एनसिएएसए इन्टर फर्म टि २० क्रिकेट हुने

943 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन ( एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल ( आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले अर्को साता ११ औं एनसिएएसए इन्टर फर्म टि २० क्रिकेट प्रतियोगिता आयोजक गर्ने भएको छ।

माघ २२ गते देखि २९ गतेसम्म हुने प्रतियोगितामा १५ भन्दा बढि टोली सहभागिता रहने संयोजक उत्सव देवकोटाले जानकारी दिएका छन्।

आइक्यान, आइसिएआई र एसिसिएका सदस्य साथै विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटर, सर्वाधिक विकेट लिने खेलाडी र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड प्रदान गरिने छ । माघ १५ गते सम्म दर्ता गर्न पाउने र दर्ता शुल्क २५ हजार रुपैयाँ लाग्ने बताइएको छ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.