1 year ago
January 28, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले त्रिभुवन आर्मी क्लबले जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो ।
बिनोद र बसिरले १६९ रनको साझेदारी गर्दै छैठौ विकेटका लागि प्रधानमन्त्री कप इतिहासको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०१९ मा दिलिप नाथ र किशल भुर्तेलले कर्णाली विरुद्ध नेपाल पुलिस क्लबका लागि कर्णाली प्रदेश विरुद्ध नै १३९ रनको साझेदारी गरेका थिए ।
बिनोदले शतक समेत पुरा गरे । इनिङको अन्तिम बलमा दुई रन लिँदै उनले शतक पुरा गरेका थिए । उनी १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै १०० रनमा अविजित रहे । बसिर भने शतक बनाउन बाट चुके । उनी ९२ बलमा १२ चौका र १ छक्का सहित ९८ रनमा नटआउट रहे । २२औ ओभरमा १००-५ को अवस्थाबाट कप्तान बिनोद भण्डारी र बसिर अहमदले इनिङ सम्हालेका थिए ।
आर्मीले सुरुवात भने खराब गरेको थियो । इमरान शेखलाई पहिलो ओभरमा नै गुमाएको थियो । उनी प्रकाश जैशीको बलमा क्याच आउट भएका थिए । सन्तोष कार्की पनि ११ रन मात्र बनाएर दिपेन्द्र रावतले शिकार बने । तेस्रो नम्बरमा आएका भिम शार्की पनि ३५ बलमा २५ रन बनाएर दिपेन्द्रकै बलमा नै आउट भए । विवेक यादवलाई दिवन पुनले ६ रनमा क्याच आउट गराए ।
युवा ब्याटर कुशल मल्लले १८ बलमा २ छक्का सहित २१ रन बनाएर दिनेश अधिकारीको बलमा प्रकाशद्वारा क्याच आउट भए । २२औ ओभरमा कुशल आउट भएदेखि आर्मीको कुनै पनि विकेट खसेन ।
कर्णालीका लागि ९ ओभरमा ४५ रन खर्चिंदै २ विकेट लिए । यस्तै प्रकाश जैशी, दिनेश अधिकारी र दिवन पुनले समान एक एक विकेट लिए ।
आर्मी ६ खेलमा ९ अंक सहित चौथो स्थानमा छ । शीर्ष दुईमा रहँदै फाइनलको यात्रा तय गर्न आर्मीले आजको खेल जित्ने पर्ने हुन्छ । कर्णाली भने ७ खेलमा ६ अंक सहित सातौं स्थानमा छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]