1 year ago
January 27, 2024
सुशिल पन्त क्षेत्री, चितवन
गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा लगातर दोस्रो जित निकालेको छ । गण्डकीले शनिबार आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हरायो ।
गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको थियो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा शनिबार कोशीले दिएको ५९ रनको लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
गण्डकीको जितमा सीमाना केसीले ३२ बलमा १ छक्कासहित नटआउट २३ रन बनाइन् । ज्योत्सनिका मरासिनी १८ बलमा ३ चौकासहित २१ रन बनाइन् । कप्तान कुसुम गोदार ५ रनमा नटआउट रहिन् । कोशीकी भवानी कमातीले २ र रिया शर्माले एक विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १२ ओभरमा ३ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो । कोशीकी पुर्णिमा राजवंशीले १५ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेकन् । कोशीले २६ अतिरिक्त रन पाएको थियो ।
गण्डकीकी कप्तान कुसुम , निरुता जिटी र आकृति तिवारीले समान १ विकेट लिए । गण्डकीकी सीमाना प्लेयर अफ दि म्याच भईन् ।
आजकै अर्को खेलमा सुदूरपश्चिमले जित हात पारेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदुरपश्चिमको यो पहिलो जित हो । सुदुरपश्चिम पहिलो खेलमा गण्डकीसँग पराजित भएको थियो । मधेसको भने यो पहिलो खेल हो ।
मधेसले दिएको एक सय ३ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा सावित्री धामीले ४४ बलमा ६ चौकासहित नटआउट ४३ रन बनाइन्। ओपनर नीलम पाण्ड्याले २२ रन जोडिन् । मधेसकी मीना महतोले २ र प्रतिमा शाहले १ विकेट लिइन् ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो । मधेसका लागि ओपनर साना प्रविनले ४९ बलमा ३४ रन बनाइन् । एलिसा यादवले २३ र अर्की ओपनर सीमा कुवँरले १२ रन जोडिन् । सुदुरपश्चिमकी अनु कडायतले २ तथा कारिश्मा थापा र स्नेहा महराले समान १ विकेट लिइन् ।
प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा कर्णाली प्रदेश र बागमती प्रदेश तथा दोस्रो खेल मधेस र कोशीबीच हुनेछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा ७ टोली सहभागी छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]