1 year ago
January 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । एपिएफले मुलपानीमा गण्डकी प्रदेश माथि ८८ रनको जित दर्ता गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
२०८ रनको मध्यम लक्ष्य पछ्याइरहेको गण्डकी ३३.४ ओभरमा ११९ रनमा समेटियो। गण्डकीका लागि ओपनर समिर कंडेलले सर्वाधिक ३३ रनको इनिंङ खेले । यस्तै अर्का ओपनर इश्वोर छेत्रीले २८ रन बनाए । कप्तान बिपिन खत्री १८ रनमा अविजित रहे ।
एपिएफका लागि अमर राउटेलाले सर्वाधिक ४ विकेट लिए । यस्तै मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए । अर्को एक विकेट रमेश कुर्मीले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २०७ रनमा समेटियो । एपिएफका लागि ओपनर लोकेश बमले ६७ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रन बनाए । यस्तै भुवन कार्कीले ५२ बलमा ४५ रनको इनिंङ खेले ।
प्रदिप ऐरिले ४५ बलमा ३९ रन बनाए भने पुरन विकले ४६ बलमा ३० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ विकेट लिए । यस्तै बिपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले समान २-२ विकेट लिए ।
एपिएफ ७ खेलमा ४ जित र ३ हार सहित छैठौ स्थानमा छ । गण्डकी भने ८ खेलमा २ जित सहित आठौ स्थानमा छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]