1 year ago
January 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – स्पिनर सुर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारि खेलमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो ।
बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चिंदै सर्वाधिक ६ विकेट लिए । योसँगै सुर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ । यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिष जिसी र क्रिजन गुरुङले समान १-१ विकेट लिए ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । उनले ५५ बल खेल्दै ३ चौका सहित २८ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याटर निर्मल गुरुङ ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रन्को अविजित इनिङ खेले । प्रज्वल थापाले १४ रन बनाउँदा बिराट भण्डारी १३ रनमा आउट भए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंक समेत छुन सकेनन् ।
बागमती प्रदेश ८ खेलमा ५ जित र ३ हारसहित १० अंक बटुल्दै दोस्रो स्थानमा छ । लुम्बिनी भने ५ खेलमा १ जित सहित नवौ स्थानमा छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]