1 year ago
January 26, 2024
सुशिल पन्त क्षेत्री,चितवन
गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा आज (शुक्रबार) बाट चितवनमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशविरुद्ध ७ विकेटको जित निकालेको हो ।
चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १०.५ ओभर ३ विकेट गुमाएर भेट्टायो ।
गण्डकीको जितमा सिमाना केसीले ३४ बलमा २ चौकासहित नटआउट २० रन बनाइन् । सुदूरपश्चिमकी अनु कडायत र जानका थापाले समान १ विकेट लिए ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदूरपश्चिम १६.१ ओभरमा ५७ रनमा समेटियो ।
टोलीका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् ।
ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले समान १ विकेट हात लिए । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।
त्यस अघि प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी थिइन् । मेयर दाहालसँगै, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेल र नेपाल नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले बोलेका थिए ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगिताका सातै प्रदेशबाट महिला टोलीको सहभागिता छ । यस प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समेत समेटेको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]