1 year ago
January 26, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – जारि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौँ जित दर्ता गरेको छ । छैठौँ जित दर्ता गर्ने क्रममा पुलिसले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । पुलिसका लागि ओपनर दिलिप नाथले ६२ बलमा ६ चौका र ४ छक्कासहित ७५ रनको अविजित इनिङ खेले । कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै २८ बलमा ३ चौका र ३ छक्का सहित ४३ रन बनाएर आउट भए ।
यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २८ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अमित श्रेष्ठले १ र आरिफ शेखले ९ रन बनाए । अर्जुन साउद २ रनमा नट आउट रहे ।
कर्णालीका लागि प्रकाश जैशीले २ विकेट लिँदा दिवन पुन र दिपेन्द्र रावतले १-१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीको मध्यक्रम नचल्दा ४२.५ ओभरमा १७१ रनमा समेटियो । कर्णालीका लागि ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए । उनले १०७ बल खेल्दै ६ चौका सहित अर्धशतक बनाएर ४१औ ओभरमा रनआउट भएका थिए ।
कर्णालीको सुरुवात भने राम्रो रहेको थियो । ओपनरद्वय रबिन्द्र शाही र निश्चल रावल मिलेर पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । कप्तान रबिन्द्रले आक्रामक सुरुवात गरेपनि अर्धशतकदेखि भने चुके । उनी ३५ बलमा ८ चौका र १ छक्का सहित ४० रन बनाउँदै १२औ ओभरमा सागर ढकालको बलमा आउट भए ।
तेस्रो नम्बरमा क्रिजमा आएका बिपिन शाही २० बलमा ४ रन बनाएर १७औ ओभरमा रनआउट भए । हिमांशु शाही पनि ८ रन मात्र बनाएर ललित नारायण राजबंशीको बलमा क्याच आउट हुदै पेभेलियन फर्किए ।
अर्जुन घर्तिले राम्रो सुरुवात गरेपनि २३ रनमा दिपेन्द्र सिंह ऐरिको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । प्रकाश जैशीलाई सागर ढकालले ५ रनमा बोल्ड गरे । दिपेन्द्र रावत १८ बलमा ३ रन बनाउदै कुशल भुर्तेलको बलमा क्याच आउट भए । दिनेश अधिकारीलाई ललित भण्डारीले ३ रनमा आउट गरे । युनिश सिंह पनि उनकै बलमा शुन्यमा आउट भए ।
अन्त्यतिर दिवन पुनले ५ बलमा ३ छक्का सहित २० रनको आक्रामक पारि खेले । उनलाई सागर ढकालले आउट गरेका थिए ।
पुलिसका लागि सागर ढकालले ९.५ ओभरमा ४८ रन खर्चिंदै ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ तथा दिपेन्द्र सिंह ऐरि, ललित राजबंशी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
नेपाल पुलिस क्लब ६ खेलमा सतप्रतिशत नतिजा सहित १२ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । कर्णाली भने ७ खेलमा ३ जित र ४ हारमा ६ अंक सहित सातौँ स्थानमा छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]