1 year ago
January 26, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध सानदार सुरुवात गरेको छ । टस हारेर पहिले बलिङ गरिरहेको नेपालले पहिलो दुई ओभरमा दुई विकेट निकालेको छ ।
पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।
अफगानिस्तानले तीन ओभरको समाप्तिमा ३ रन बनाएर दुई विकेट गुमाएको छ ।
नेपालले आज प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ । पाकिस्तान विरुद्धको हारमा खेलेको ११ मा नेपालले दुई परिवर्तन गरेको हो । विकेटकिपर उत्तम मगर र तिव्र गतिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिर रहेका छन् । मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग-स्पिनर तिलक भण्डारी टोलीमा फर्किएका छन् ।
आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औ स्थानका लागि भिड्ने छ ।
नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]