1 year ago
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकामा जारी आसिसी यू–१९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । दुबै टोलीका लागि खेल उत्तिकै महत्वपुर्ण रहेको छ ।
अघिल्ला दुबै खेल गुमाइसकेका दुई टोलीबीचको विजेता सुपर सिक्समा पुग्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।
समूह ‘ डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित नेपालले पाकिस्तानसँगको अर्को खेल ५ विकेटले गुमाएको थियो ।
अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपाल र अफगानिस्तान यू-१९ विश्वकपमा पहिलो पटक एकअर्काविरुद्ध उत्रदैछन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]