1 year ago
January 25, 2024
एजेन्सी – भारतले आइसिसी यू १९ विश्व कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बिहीबार आयरल्यान्डलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
३ सय २ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड २९.४ ओभरमा १ सय रनमा अलआउट भएको थियो । भारतका लागि नमन तिवारीले १० ओभरमा ५३ रन खर्चेर ४ विकेट, सौम्य पाण्डेले ९ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए । धनुष गोन्डा, मुरुगान अभिषेक र कप्तान उदय शरणले समान १ विकेट लिएका थिए ।
त्यसअघि आयरल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि बोलाएको थियो । भारतले मुसिर खानको शतक र कप्तान उदयको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका मुसिरले १ सय ६ बलमा ९ चौका र ४ छक्काको मद्दतमा १ सय १८ रन बनाएका थिए । मुसिर खेलेको म्यान अफ दी म्याच चुनिएका थिए । ८४ बलमा उदयले ४ चौकाको मद्दतमा ७५ रन बनाएका थिए ।
ओपनर आर्षिन कुलकर्णीले ३२, अराभेली अभानिषले २२, सचिन दासले २१, अर्का ओपनर १७ रन बनाएका थिए । आयरल्यान्डका ओलिभर रिलेले ३, जोन म्याकनेलीले २ र फिन लुटोनले १ विकेट लिएका थिए ।
पहिलो खेलमा बंगलादेशलाई हराएको भातर समूह एमा ४ अंकसहित शीर्षस्थानमा छ । बंगलादेश र आयरल्यान्डको समान २ अंक छ भने अमेरिका अंक विहिन छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]