default_image

1 year ago

January 25, 2024

रोहितको लगातार अर्धशतकमा एपिएफको जित

1536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको लगातार अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ मा लुम्बिनी प्रदेशमाथि जित दर्ता गरेको छ ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा जित दर्ता गर्यो । यससँगै एपिएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ ।

कप्तान रोहित पौडेलले ४८ बलमा ५२ रन जोड्दै जितभन्दा २ बलअघि आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्य ४ इनिङमा उनले अर्धशतक बनाएका छन् ।

पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे । अमरसिंह राउटेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे ।

एपिएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो । १४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इक्लाख अहमदले १-१ विकेट लिए ।

त्यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपिएफले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा अलआउट भयो । राम्रो सुरुवात पाएको लुम्बिनीको इनिङलाई एपिएफका रमेशले धराशायी पारेका थिए । उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर निर्माण हुन दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । टोली अलआउट भएपनि नटआउट रहेका उनले ४२ बलमा ५ चौका प्रहार गरेका थिए ।

ओपनर मृनाल गुरुङले लुम्बिनीका लागि ३४ रनको योगदान दिए । उनले ८८ बलमा ३ चौका प्रहार गरेका थिए ।अर्का ओपनर विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रन जोड्दै आउट भए । १४ औं ओभरमा विराट आउट हुनुअघि यी दुईले ३९ रनको साझेदारी गरेका थिए । त्यो नै इनिङको सर्वाधिक साझेदारी बन्यो ।

त्यसपछि प्रज्वल थापा ११, मोहमद हुसेन ३, कृष्ण कार्की १, सुशान्त थापा २ र इक्लाख अहमद ९ लगातार स्पिनको शिकार बने । तल्लोक्रमा दिल्शादले आक्रामक रन जोड्दै लुम्बिनीलाई सम्मानजनक योगफलसम्म पुर्याए । पुछारका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् ।

एपिएफका लागि रमेशले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहित पौडेल र मौसम ढकालले १-१ विकेट हात पारे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.