1 year ago
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मधेश प्रदेशका प्रमुख ब्याटर अनिल शाहले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध शतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मधेशका लागि अनिलले आक्रामक सुरुवात गर्दै करिअरको पहिलो शतक पूरा गरेका छन् । उनले १०४ बलमा ११ चौका र ३ छक्का सहित शतक पूरा गरे । उनले ३१ औं ओभरमा सन्दिप पराजुलीको बलमा १ रन प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
यसै प्रतियोगितामा उनले कोशी र सुदूरपश्चिम विरुद्ध राम्रो इनिङ खेलेपनि शतक बनाउनबाट चुकेका थिए । उनले कोशी विरुद्ध ८८ रन बनाएका थिए भने सुदुरविरुद्ध ६९ रनमा आउट भएका थिए ।
उनले बुधवार नेपाल पुलिस क्लब विरुद्ध १ रन र बागमती प्रदेश विरुद्ध शुन्यमा आउट हुनु बाहेक सबै खेलमा दोहोरो अंक पुर्याएका छन् । उनले आर्मी विरुद्ध १२, एपीएफ विरुद्ध २९, कर्णाली विरुद्ध ४४ रन बनाएका थिए।
आज दोस्रो ओभरमा नै अर्का ओपनर हरिशंकर शाहको साथ गुमाएका उनले दोस्रो विकेटका लागि मयन यादवसँग मिलेर १ सय ५ रनको साझेदारी गरेका थिए । मयन ४४ बलमा २७ रन बनाएर २०औं ओभरमा आउट भएका थिए ।
अनिल यस प्रतियोगितामा मधेशका लागि शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सुदुरविरुद्ध मयनले १ सय १५ रन बनाएका थिए । जारी प्रतियोगितामा यो आठौं शतक पनि हो । सबै शतक टियु क्रिकेट मैदानमा नै बनेका छन् ।
अनिल हाल यस प्रतियोगिताका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले आज १२८ वा त्यसभन्दा बढी रन बनाएमा बागमती प्रदेशका आशुतोष घिराइयालाई उछिन्दै सर्वाधिक रन बनाउने खेलाडीको तालिकामा शीर्ष स्थानमा उक्लने छन् ।
March 19, 2025
एजेन्सी – नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]