default_image

1 year ago

January 24, 2024

श्रीलंका कम योगफल जोगाउन सफल

1541 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी यू १९ विश्व कप क्रिकेटमा एक सय ३३ रनको योगफललाई पनि जोगाएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा लगातार दोस्रो खेल जित्ने क्रममा बुधबार नामिबियालाई ७७ रनले पराजित गरेको छ ।

एक सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया २७ ओभरमा ५६ रनमा अलआउट भएको थियो । टोलीका लागि पिटर डानियल ब्लिग्नाउटले नकआउट १८ र हान्रो बाडेनहोर्टसले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियालाई लक्ष्यमा पुग्न नदिन रौभिसन पेरेराले ५ ओभरमा ३ मेडनमा ३ रन खर्चेर ३ विकेट, विश्वा लाहिरुले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै दिनुरा कलुपाहानाले ८ ओभरमा ४ मेडन राख्दै ८ रन खर्चेर २ तथा गरुका शन्केटले ६ ओभरमा २ मेडन राखेर १३ रन दिदै १ विकेट लिएका थिए ।

त्यसअघि नामिबियाले टस जितेर श्रीलंकालाई ब्याटिङमा बोलाएको थियो । श्रीलंका सुपुन वाडुगेको अर्धशतकसँगै ३५.५ ओभरमा १ सय ३३ रनमा अलआउट भएको थियो ।

सुपुनले धर्यतापूर्वक ब्याटिङ गर्ने क्रममा ७९ बलमा ६ चौका साथ नटआउट ५६ रन बनाएका थिए । रुसान्दा गामागेले १७, सारुजान सानमुगानन्थानले १३ र सिनेथ जयावद्र्धनले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याटर चलेनन् ।

नामिबियाका जाचेओ भान भुरेनले ८ ओभरमा २३ रन खर्चेर ४ विकेट, जोहानेस डि भिलियर्सले ३ तथा ज्याक ब्रासेल र पिटर डानियलले स मान १ विकेट लिएका थिए । समूहमा दुई जितपछि श्रीलंका ४ अंकसहित शीर्षस्थानमा छ ।

अस्ट्रेलिया २ अंकसहित दोस्रो स्थानमा छ । जिम्बावे र दुबै खेल गुमाएको नामिबिया अंक विहिन छ । लिग कम नकआउटपछि समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.