1 year ago
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेपछि नेपालका कप्तान देव खनालले तीव्र गतिका बलरको प्रशंसा गरेका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो । नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । पुन: एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्याए ।
खेलपछि बोल्दै कप्तान देवले नेपालले पाकिस्तानको स्पिनरले कसिलो बलिङ गरेको बताउँदै ब्याटिङमा रन कम भएको स्वीकारे । ‘हामी आफ्नो ब्याटिङमा २०-३० रन कम भयौं । उनीहरुको स्पिनरले निकै कसिलो बलिङ गरे । त्यसपछि हामीले खेलमा फर्कन बलिङमा राम्रो गर्यौं, फिल्डमा पनि सहज रन दिएनौं,’ उनले भने ।
देवले पाकिस्तानका ब्याटरले रन जोडेजस्तो मध्यक्रममा ब्याटिङ चल्न नसकेको स्वीकारे । ‘हामीले आफ्नो ब्याटिङमा सिंगल डबल लिन सकेनौं । उनीहरुले हामीविरुद्ध भने लगातार रन बटुले । त्यसैले अब अर्को खेलमा यो पक्षमा ध्यान दिनेछौं ।’
पाकिस्तानविरुद्ध तीव्र गतिका बलरको प्रदर्शनमा भने देव खुसी देखिए । ‘हाम्रो तीव्र गतिका बलरले निकै राम्रो बलिङ गरे । त्यो क्षण हेर्न पनि निकै विशेष थियो । आकाश चन्द र गुलशन झाले राम्रो स्थानमा बल फालेर विपक्षीलाई समस्या दिए । त्यसैले पनि हामी खेलमा फर्केका थियौं,’ उनले भने ।
पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्यो । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]