default_image

1 year ago

January 24, 2024

इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश 

931 views

0 Bookmark

एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो। 

खेलको ४२ औं मिनेटमा बुइ होआङ भियतनामले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । भान खाङ खुआटले पहिलो हाफको अन्त्यतिर दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि भियतनामले दोस्रो हाफको पूरा समय १० जनाले खेल्नुपरेको थियो।

त्यसको फाइदा उठाउँदै खेलको ४७ औं मिनेटमा डिफेन्डर रेबिन सुलाकाले गोल गर्दै इराकलाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका आयमान हुसेनले ७२औं मिनेटमा गोल गर्दै इराकलाई २–१ को अग्रता दिलाएका थिए ।

भियतनामका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा गुआङ हाई एनन्गुएनले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। तर थपिएको समयको १२ औं मिनेटमा हुसेनले पेनाल्टी मार्फत गोल गर्दै इराकलाई रोमान्चक जित दिलाए ।

सोही समयमा भएको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल ​​अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । जापानका लागि अयासे उएदाले दुई गोल गरे भने एक गोल आत्मघाती रहेको थियो ।

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.