1 year ago
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दले आइसीसी यू१९ विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध जारी खेलको एकै ओभरमा दुवै ओपनरको विकेट लिएका छन् ।
नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले तोडेका हुन् ।
खेलको २२ औं ओभरको पहिलो बलमा शामिल हुसेनलाई आउट गरे । ५९ बलमा ३७ रन जोडेका उनी उत्तम थापा मगरको मिड विकेटमा हातबाट समातिए ।
तेस्रो बलमा अराफात मिन्हासले १ रन लिए । चौथो बलमा अर्का ओपनर शाहजिब खान डिप स्क्वायर लेगमा आकाश त्रिपाठीबाट समातिए । उनले ७० बलमा ३७ रन जोडे । क्रिजमा अहिले अज्ञान अवाइस र अराफात मिन्हास छन् । पाकिस्तानले २३ ओभरमा ८३ रन जोड्दै २ विकेट गुमाएको छ ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन जोडेको थियो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो ।
नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । पुन: एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्याए ।
नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]