1 year ago
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर सुनिल धमला घरेलु क्रिकेटको शीर्ष प्रतियोगिता प्रधानमन्त्री कप २०२४ बिचमै छाडेर अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।
सुनिलले मुलपानी क्रिकेट मैदानमा बुधबार पुलिसबाट अन्तिम खेल खेले । मधेश प्रदेशविरुद्ध जित दर्ता गर्ने क्रममा उनले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन जोडेका थिए । पुलिसको अपराजित यात्रामा सुनिलले १ अर्धशतकसहित ५ खेलमा १ सय १६ रन जोडे ।
सिनियर राष्ट्रिय टोलीबाट समेत खेलेका सुनिल यसै साता अष्ट्रेलिया प्रस्थान गर्दैछन् । यसैकारण पुलिसले उनको स्थानमा खेलाडी स्थानान्तरणका लागि प्रतियोगिताको प्राविधिक समितिबाट स्वीकृति पनि पाइसकेको छ । अब सुनिलको स्थानमा प्रेम तामाङले पिएम कपमा खेल्नेछन् ।
अन्तर्राष्ट्रिय अम्पायर विनय कुमार झाका अनुसार प्राविधिक समितिले सुनिलको स्थानमा प्रेमले खेल्न पाउने स्वीकृति दिएको छ । ‘सुनिल विदेश प्रस्थान गर्ने भएकाले पुलिसबाट खेलाडी परिवर्तनका लागि अनुरोध आएको थियो । प्राविधिक समितिले त्यसलाई स्वीकृति दिएको छ,’ उनले जानकारी दिए ।
नेपालका लागि सन् २०१६ मा यू१९ विश्वकप खेलेका सुनिलले सिनियर टोलीबाट २०१७ मा डेब्यु गरेका थिए । पछिल्लो पटक उनी सन् २०२१ मा अमेरिका भ्रमणमा नेपालबाट खेलेका थिए । उनले एकमात्र ओडीआई खेलमा ओमानविरुद्ध १२ रन बनाए । त्यसयता भने उनी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।
नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेटमा लामो समय खेलेका उनले टि२० फ्रेन्चाइज लिगमा पनि सहभागिता जनाएका छन् । ओपनरको भूमिकामा इनिङ सम्हाल्ने क्षमता राख्ने सुनिल एकदिवसीय फर्म्याटमा भरपर्दा ब्याटर मानिन्छन् । पुलिसको टोली र पूर्व खेलाडी अनिल शाहसहितले सुनिललाई मुलपानी क्रिकेट मैदानमा बिदाइ गरेका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]