default_image

1 year ago

January 24, 2024

आर्मीको चौथो जित

1139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप २०२४ अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा खराब मौसमका कारण २६ ओभरमा घटाइएको खेलमा आर्मीले ६५ रनको जित दर्ता गरेको हो । आर्मी यस जितसँगै ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । लुम्बिनी १ जितका साथ नवौं स्थानमा छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आर्मीले २६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन जोडेको थियो । ओपनर इमरान शेखले ७० बलमा ७ चौका र १ छक्कसहित नटआउट ६७ रन जोड्दै आर्मीलाई बलियो स्कोरसम्म पुर्याए ।

इमरानलाई कप्तान विनोद भण्डारीले २५ बलमा ३४ रन जोड्दै साथ दिए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । भिम सार्कीले ४० बलमा १-१ चौका र छक्कासहित २४ रन जोडे । नरसार्की र मोहमद हुसेनले २-२ विकेट लिए ।

जवाफमा लुम्बिनीले २६ ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन मात्र जोड्न सक्यो । कृष्ण कार्कीले नटआउट ३५ रन जोड्दै लुम्बिनीको इनिङ सम्हाले । कुशल मल्लले ६ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए ।

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.