1 year ago
January 24, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – कोशी प्रदेशले जारि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार बेहोरेको छ । टियु क्रिकेट मैदान, किर्तिपुरमा बुधबार भएको खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको हार बेहोरेसँगै कोशीले आठ खेलमा लगातार हार बेहोरेको हो ।
कोशीले दिएको १२४ रनको लक्ष्य सुदुरले २१.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरका लागि नरेन भट्टले ४९ बलमा ७ चौका सहित ५४ रनको अर्धशतकिय नटआउट इनिङ खेले । यस्तै प्रकाश पाण्डे ३४ रनमा अविजित रहे । ओपनरद्वय खडक बोहोराले ९ र राजु रिजाल २१ रन बनाएर आउट भए । कोशीका लागि दुवै विकेट फिर्दोश अन्सारीले लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा समेटिएको थियो । कोशीलाई सस्तैमा समेट्न सुदुरका शेर मल्ल एक्लैले पाँच विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै १ मेडन सहित २८ रन खर्चिंदै ५ विकेट लिएका हुन् । यस्तै विकाश आग्रीले ७ ओभरमा १ मेडन सहित मात्र ९ रङ खर्चिंदै ४ विकेट लिए ।
पछिल्लो खेलमा गण्डकी प्रदेश विरुद्ध २५ रनमा अलआउट भएको कोशीले केहि आशा लाग्दो सुरुवात गरेको भएतापनि पछि भने लय गुमाउन पुग्यो । समिर कार्की १५ बलमा ४ रन बनाएर पेभेलियन फर्किने पहिलो ब्याटर थिए । उनी छैठौ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।
दोस्रो विकेट ६० रन बनेको अवस्थामा गयो । कप्तान अंकित सुबेदी २७ बलमा २२ रन बनाएर विकाश आग्रीको शिकार बन्न पुगे । सुजन थपलिया पनि ३ रन मात्र बनाएर विकाशकै बलमा क्याच आउट भए । मिनाश थापाले राम्रो सुरुवात गरेका थिए । तर १६औ ओभरमा उनी पनि विकाशकै बलमा ३७ बलमा ५ चौका सहित २६ रन बनाएर आउट भए ।
सोनु अन्सारी र सुभान गहतराज क्रमश: ९ र ५ रन बनाएर विकाश र शेर मल्लको बलमा आउट भए । अभ्याश तिमिल्सिना र फिर्दोश अन्सारीले पनि शेरको बलमा आउट हुनु अघि ५-५ रन मात्र बनाउन सके । भुपाल लुइँटेललाई शेरले १ रनमा रहेको अवस्थामा बोल्ड गरे ।
कमल खत्रीले अन्तिममा केहि विष्फोटक ब्याट्टिङ गर्ने प्रयास गर्दै ८ बलमा ३ छक्का सहित १८ रन बनाए । तर ठुलो शट खेल्ने क्रममा उनी पनि शेरकै बलमा नरेन साउदको हातबाट क्याच आउट भए । हेमन्त राई १ रनमा नटआउट रहे ।
कोशी अहिलेसम्मको खेलेको ८ खेलमा बिना कुनै अंक पुछारमा रहेको छ । सुदुर भने ५ खेलमा ४ जित सहित ८ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । आजै मुलपानीमा भएको खेलमा मधेश प्रदेश विरुद्ध ६ विकेटको जित निकालेको नेपाल पुलिस क्लब ५ खेलमा सतप्रतिशत जित सहित १० अंक बटुल्दै शीर्ष स्थानमा छ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]