default_image

1 year ago

January 24, 2024

पुलिसको लगातार पाँचौ जित

1449 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप २०२४ मा लगातार पाँचौ जित दर्ता गर्ने क्रममा मधेश प्रदेशलाई हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा मधेशमाथि ६ विकेटको जित निकाल्दै पुलिसले शत प्रतिशत जितको नतिजालाई कायम राख्यो । मधेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १९ औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिस ५ खेलमा १० अंक लिएर शीर्षस्थानमा अग्रता फराक पार्दा मधेश भने ७ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा छ ।

बायाँ हाते स्पिनरद्वय सागर ढकाल र ललित नारायण राजवंशीले ९ विकेट लिएपछि मधेश २४ ओभरमा मात्र ९६ रन जोड्दै अलआउट भएको थियो । दोस्रो ओभरमा अनिल शाह १ रनमा आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो । अरनिको यादवले २३ र कप्तान हरिशंकर शाहले २२ रन जोड्नुबाहेक अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।

सागरले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिंदा ललितले ५ ओभरमा मात्र १२ रन दिएर ४ विकेट हात पारे । अर्को विकेट रशिद खानको नाममा रह्यो ।

जवाफी ब्याटिङमा पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले ५२ रनको साझेदारी गरे । कुशल २३ बलमा २ चौका र १ छक्का जोड्दै १९ रनमा आउट भए । रंजित कुमारले आठौं ओभरमा कुशललाई बोल्ड गरेका थिए । त्यसपछि सुनिल ११ औं ओभरमा २८ रन जोड्दै आउट भए । उनले २७ बलमा ३ चौका र २ छक्का जोडे ।

अर्जुन साउद ७ र दिलिप नाथ ४ रनमा आउट हुँदा पुलिस केहि समस्यामा थियो । तर अमित श्रेष्ठ नटआउट १५ तथा आरिफ शेखले १ चौका र १ छक्कासहित नटआउट १६ रन जोडेर जित पक्का गरे ।

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.