1 year ago
January 24, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – पछिल्लो खेलमा गण्डकी प्रदेश विरुद्ध २५ रनमा अलआउट भएको कोशी प्रदेशको पनि ब्याटिङ आज सुदूरपश्चिम प्रदेश विरुद्ध पनि चल्न सकेन । प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत टियु क्रिकेट मैदानमा आज जारी खेलमा अहिलेसम्मका सातै खेलमा पराजय भोगेको कोशी सुदूरपश्चिम विरुद्ध ३२ ओभरमा १२३ रनमा समेटियो ।
केहि आशा लाग्दो सुरुवात गरेको कोशीले बीचमा भने लय गुमाउन पुग्यो । समिर कार्की १५ बलमा ४ रन बनाएर पेभेलियन फर्किने पहिलो ब्याटर थिए । उनी छैठौ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।
दोस्रो विकेट ६० रन बनेको अवस्थामा गयो । कप्तान अंकित सुवेदी २७ बलमा २२ रन बनाएर विकास आग्रीको शिकार बन्न पुगे । सुजन थपलिया पनि ३ रन मात्र बनाएर विकासकै बलमा क्याच आउट भए । मिनाश थापाले राम्रो सुरुवात गरेका थिए । तर १६औ ओभरमा उनी पनि विकाशकै बलमा ३७ बलमा ५ चौका सहित २६ रन बनाएर आउट भए ।
सोनु अन्सारी र सुभान गहतराज क्रमश: ९ र ५ रन बनाएर विकास र शेर मल्लको बलमा आउट भए । अभ्यास तिमिल्सिना र फिर्दोश अन्सारीले पनि शेरको बलमा आउट हुनु अघि ५-५ रन मात्र बनाउन सके । भुपाल लुइँटेललाई शेरले १ रनमा रहेको अवस्थामा बोल्ड गरे ।
कमल खत्रीले अन्तिममा केहि विष्फोटक ब्याटिङ गर्ने प्रयास गर्दै ८ बलमा ३ छक्का सहित १८ रन बनाए । तर ठुलो शट खेल्ने क्रममा उनी पनि शेरकै बलमा नरेन साउदको हातबाट क्याच आउट भए । हेमन्त राई १ रनमा नटआउट रहे ।
कोशीलाई सस्तैमा समेट्न सुदुरका शेर मल्ल एक्लैले ५ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै १ मेडन सहित २८ रन खर्चिंदै ५ विकेट लिएका हुन् । यस्तै विकास आग्रीले ७ ओभरमा १ मेडन सहित मात्र ९ रङ खर्चिंदै ४ विकेट लिए ।
कोशी अहिलेसम्मको ७ खेलमा विना कुनै अंक पुछारमा रहेको छ । सुदूर भने ४ खेलमा ३ जित सहित ६ अंक बटुल्दै पाचौं स्थानमा छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]