default_image

1 year ago

January 23, 2024

गण्डकीले बागमतीलाई स्तब्ध पार्यो 

1167 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० अन्तर्गत टियु क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेश माथि रोमान्चक जित दर्ता गरेको छ । प्रतियोगिताको दोस्रो जित हासिल गर्ने क्रममा गण्डकी तीन विकेटले विजयी भएको हो ।

यो हारसँगै बागमतीले पहिलो स्थानमा उक्लने मौका गुमाएको छ । बागमतीको ७ खेलमा ८ अंक रहेको छ । पहिलो स्थानमा रहेको नेपाल पुलिस क्लबको पनि ४ खेलमा ८ अंक नै रहेको छ । विजयी गण्डकी ५ खेलमा २ जित सहित आठौं स्थानमा यथावत नै छ ।

जितका लागि १ सय ९९ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । गण्डकीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका करन पंगेनीले सर्वाधिक ९८ बलमा ६ चौका र ३ छक्का सहित ७९ रन बनाए । उनी ४९ औं ओभरमा आउट भएका थिए ।

खेलमा दुई ओभरमा बाँकी रहँदा ११ रन चाहिएको अवस्थामा प्रतिष जिसीको बलमा कमल परियार पहिलो बलमा आउट भए । कृश ऐरले क्रिजमा आएर पहिलो बलमा १ रन लिए । तेस्रो बलमा करन पंगेनीले चौका प्रहार गरे । त्यसपछिको दुई बलमा दुई सिंगल आएपछि अन्तिम बलमा भने करन आउट हुन पुगे । 

अन्तिम ओभरमा ४ रन चाहिएको थियो । इशान पाण्डेको पहिलो बलमा कृशले सिंगल लिए । दोस्रो बलमा अंकित न्यौपानेले लंग-अफमा खेलेको सटमा अशोक पौडेलले क्याच छोडेपछि गण्डकीले दुई रन लिन सफल भयो । चार बलमा १ रन चाहिँदा अंकितले चौका प्रहार गरेपछि गण्डकीले जित हासिल गर्यो ।      

गण्डकीले पहिलो विकेट गुमाउनुअघि ५५ रन बनाएको थियो । १३औ ओभरमा बिपिन आचार्यले समिर कंडेललाई १९ रनमा आउट गरेका थिए । १६औ ओभरमा सुर्य तामाङ्गले अर्का ओपनर इश्वर छेत्रीलाई पेभेलियन फर्काए । उनले ४२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए ।

तेस्रो विकेटका लागि मुश्कान थापा र करन पंगेनीले ७० रनको साझेदारी गरे । मुश्कान ३६औ ओभरमा ७१ बलमा २७ रङको सुस्त इनिङ खेल्दै रन आउट भए । त्यसपछि आएका अमृत गुरुङलाई रिजन ढकालले शुन्यमा आउट गरे । कप्तान बिपिन खत्री पनि सस्तैमा रनआउट भए ।  कमल परियारले २३ बलमा २० रन बनाए । 

त्यसअघि टस जितेर पहिले ब्यट्टिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा समेटियो । गण्डकीका लागि राम्रो बलिङ्ग गर्दै कमल परियारले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर ४ विकेट लिए । यस्तै बिपिन खत्रीले र अमृत गुरुङले दुई तथा सन्दिप पराजुलीले समान १ विकेट लिए ।   

बागमतीको सुरुवात भने राम्रो रहेको थियो । आशुतोष घिराइया र इशान पाण्डेले ९० रनको सुरुवाती साझेदारी गरेका थिए । तर दुवै ब्याटर अर्धशतक प्रहार गर्नबाट चुके ।

दुई ओभरको अन्तरालमा आशुतोष ४४ र इशान ४३ रनमा आउट भए । दुवै ब्याटरलाई कमल परियारले आउट गरेका थिए । त्यसपछि आएका रबिन जोशीलाई बिपिन खत्रीले शुन्यमा आउट गरे ।

कप्तान रित गौतमले पनि स्थिर सुरुवात त गरेका थिए । तर उनी २० बलमा १३ रन बनाउँदै कमलकै शिकार बने । प्रतिक श्रेष्ठ पनि कुनै रन नबनाई कमलकै बलमा कृश ऐरको हातबाट क्याच आउट भए । अशोक पौडेलले ४७ बलमा १ चौका र १ छक्काको मद्दतले ३० रन बनाएसँगै सन्दिप पराजुलीको बलमा क्याच आउट हुन पुगे ।  प्रतिस जिसीलाई बिपिनले दुई रनमा बोल्ड गरे । 

१५६-७ को अवस्थाबाट इनिङ सम्हालेका बिपिन आचार्य ५४ बलमा ४ चौका सहित ३८ रङ बनाउँदै ४७औ ओभरमा रन आउट हुन पुगे । अर्को ओभरको पहिलो बलमा रिजन ढकाल १ रन बनाएर अमृत गुरुङको बलमा क्याच आउट भए । अन्त्यमा सुर्य तामाङ २५ बलमा १५ रङ बनाउँदै अमृतकै बलमा बोल्ड भए । क्रिजन गुरुङ १ रनमा नटआउट रहे ।   

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.