default_image

1 year ago

January 23, 2024

आर्मीले एपिएफलाई हरायो

1296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप २०२४ को लिग चरण खेलमा नेपाल एपिएफ क्लबलाई हराएको छ ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा आर्मीले ४ विकेटको जित निकाल्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्यो । आर्मीले जितका लागि आवश्यक १ सय २२ रन २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीले यससँगै ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । यता एपिएफ भने ५ खेलमा २ जित र ३ हारका साथ सातौं स्थानमा छ ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै जितसम्म पुर्याए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २-२ चौका र १-१ छक्का प्रहार गरेका थिए ।

एपिएफका लागि रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र रोहित पौडेलले १-१ सफलता हात पारे ।

त्यसअघि कप्तान रोहित कुमार पौडेलले संघर्षपूर्ण अर्धशतक प्रहार गरेपछि नेपाल एपिएफ क्लबले १ सय २१ रनको जोडेको थियो । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा अलआउट भयो ।

खराब मौसमका कारण ३६ ओभरमा घटाइएको खेलमा एपिएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमश: ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाएको थियो ।

दोस्रो ओभरमा ब्याटिङका लागि आएका रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्केका थिए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरे ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्को एण्डबाट विकेट जोगाएर रन बटुलेका थिए । एपिएफका लागि सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले १-१ सफलता प्राप्त गरे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.