1 year ago
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप २०२४ मा लगातार सातौं हार बेहोरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले ६ विकेटले हराएपछि कोशीको खराब नतिजा कायम रह्यो ।
कर्णालीले जितका लागि आवश्यक १ सय ५२ रन ३० औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जारी प्रतियोगितामा कर्णालीको यो तेस्रो जित हो । कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै पाँचौ स्थानमा छ । अंकविहिन कोशी पुछारमा छ ।
विकेटकिपर अर्जुन घर्तीले अर्धशतक बनाउँदै कर्णालीलाई जितसम्म डोर्याएका थिए । उनले ४८ बलमा ६ चौका र २ छक्कासहित नटआउट ५० रन जोडे । अर्जुन र हिमांशुले पाँचौ विकेटका लागि नटआउट ४२ रनको साझेदारी गरे । हिमांशुले १४ बलमा ३ चौका र २ छक्कासहित नटआउट २४ रन बनाएका थिए ।
कर्णालीका ओपनर विपिन शाही ३६ बलमा ३ चौका र २ छक्कासहित २८ रन जोडेर ११ औं ओभरमा आउट भए । अर्जुन र निश्चलले दोस्रो विकेटका लागि ४८ रन रनको साझेदारी गरे । निश्चल ५५ बलमा १ चौकासहित २१ रन जोड्दै आउट भए ।
त्यसपछि प्रकाश जैशी ६ र रविन्द्र शाहीले १२ रनमा आउट भएपछि कर्णाली केहि समस्यामा परेको थियो । तर अर्जुन र हिमांशुले साझेदारी गर्दै जितसम्म डोर्याए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा अलआउट हुनुअघि १ सय ५१ रन जोडेको थियो । कोशीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुजनले ७३ रन जोडे । कोशीका अन्य ब्याटरले भने खास योगदान दिन सकेनन् । कर्णालीले २२ अतिरिक्त रन दिनु नै कोशीको अन्य ब्याटरभन्दा ठूलो योगदान रह्यो ।
सुजनले ७३ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए । छैटौं ओभरमा क्रिजमा आएका उनी ३४ औं ओभरमा दिनेश अधिकारीको बलमा बोल्ड भएका थिए । उनी आउट भएपछि अन्तिम २ विकेटमा टोलीले ७ रनमात्र जोड्न सक्यो । सुजनले यसअघि प्रतियोगितामा पुलिसविरुद्ध शतक समेत प्रहार गरेका थिए ।
कप्तान अंकित सुवेदी ४ रन जोड्दै दोस्रो ओभरमा आउट भएपछि सुरु भएको विकेट पतन कुनै समय रोकिएन । सातौं विकेटका लागि अभ्यास तिम्सिनाले ३४ बलमा ९ रन जोड्दै विकेटमा बसेर सुजनलाई साथ दिए । यी दुईले सातौं विकेटका लागि ४४ रन जोडेका थिए ।
आइश भट्टराई ११ र सौजन घिमिरे १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए । प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]