default_image

1 year ago

January 22, 2024

दुई शतक बनेको खेलमा मधेशको जित

2120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेट इतिहासमा पहिलो पटक दुवै टोलीबाट शतक बनेको खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेश माथि ८० रनको जित दर्ता गरेको छ ।

यस संस्करणको पहिलो हार बेहोरेको सुदुरपश्चिम ३२० रनको लक्ष्य पछ्याउने क्रममा ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो । सुदुरको हारमा तेस्रो नम्बरमा आएका नरेन भट्टले शतकिय इनिङ खेलेका थिए । उनले १२२ बलमा १३ चौका र १ छक्का सहिर १२१ रन बनाए ।

अर्को तर्फ लगातार विकेट खसिरहेपनि नरेन क्रिजमा रहेर खेलको दोस्रो शतक पुरा गर्न सफल रहे । उनले १०८ बलमा शतक पुरा गरेका थिए । मधेशका लागि मयन यादवले शतक प्रहार गरेका थिए ।

विशाल लक्ष पछ्याएको सुदुरको सुरुवात भने खराब रहन पुग्यो । ओपनर टेक रावत पहिलो बलमा नै राजेश यादवको शिकार हुन पुगे। उनका ओपनिङ्ग पार्टनर खडक बोहोराले पनि २१ बल खेलेर दुई चौका प्रहार गर्दै १४ रन मात्र बनाउन सके ।

किरण ठगुन्ना पनि २० रन मात्र बनाएर रंजित कुमारको बलमा क्याच आउट भए । कप्तान राजु रिजाल आउट हुनु अघि ३० बल खेलेरा ५ रन मात्र बनाउन सके ।

त्यसपछि क्रिजमा आएका नारायण जोशी, गजेन्द्र बोहोरा र मिलन बोहोराले क्रमश: २६, १२ र ६ रन बनाएर पभिलियन फर्किए । शेर मल्ल पनि रंजितकै बलमा २ रन बनाएर स्टम्प आउट भए ।

मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए । यस्तै रंजित कुमारले दुई विकेट लिंदा हरिशंकर शाह र पवन सर्राफले समान एक-एक विकेट लिए ।

आजको खेल अगाडी शीर्षस्थानमा रहेको र पहिलो हार बेहोरेको सुदुर चार खेलमा ६ अंकसहित चौथो स्थानमा झरेको छ । आज सिद्धार्थनगरमा जित हासिल गर्दै नेपाल पुलिस क्लब र मुलपानीमा जित निकाल्दै बागमती प्रदेश सुदुरभन्दा माथि उक्लिएका छन् । यस्तै मधेश पनि ६ खेलमा ८ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसअघि युवा ब्याटर मयन यादवको शतकको मद्दतमा मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन जोड्यो । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मधेशका लागि मयनको शतकसँगै ओपनर अनिल कुमार शाह र पवन सर्राफले पनि अर्धशतकीय इनिङ खेले ।

मयनले १ सय २८ बलमा ८ चौका र २ छक्कसहित १ सय १५ रन जोडे । अर्धशतक पुरा गर्ने बित्तिकै दुई जीवनदान पाएका उनले त्यसपछि भने कुनै गल्ति गरेनन । उनले १२२ बलमा शतक पुरा गरेका थिए । उनी ४८ औं ओभरमा डिप मिडविकेटमा क्याच आउट भएका थिए ।

कप्तान हरिशंकर शाह मधेशका लागि पेभेलियन फर्कने पहिलो खेलाडी थिए । उनी तेस्रो ओभरको पहिलो बलमा १४ रन बनाएर नारायण जोशीको बलमा बोल्ड भए ।

ओपनर अनिल शाह र मयन यादवले तेस्रो विकेटका लागि १ सय ६ रनको साझेदारी गरे । अनिल २५ औं ओभरको पाँचौं बलमा ७० बलमा ६९ रन बनाएर आउट भएपछि साझेदारी तोडिएको थियो । गजेन्द्र बोहोराको बलमा क्याच आउट हुनुअघि उनले ६ चौका र २ छक्का प्रहार गरे ।

मयनले चौथो नम्बरमा ब्याटिङ गर्न आएका पवन सराफसँग पनि शतकीय साझेदारी गरे । ४४ औं ओभरमा पवन आउट हुनु अघि यी दुई ब्याटर मिलेर १२६ रन जोडेका थिए ।

पवनलाई आउट गर्न शेर मल्लको बलमा नरेन भट्टले लंगअनमा राम्रो क्याच समातेका थिए । पवनले ६३ बलमा ७० रन बनाउंदा चार चौका र चार छक्का प्रहार गरेका थिए ।

पाँचौ नम्बरमा व्याट्टिङ्ग गर्न आएका रुपेश सिंह ८ बलमा १ चौका र २ छक्का सहित विष्फोटक पारि खेल्दै २१ रन बनाएर शेरकै बलमा क्याच आउट भए । राहुल मण्डल र निरज यादवले १-१ रन जोडे ।

सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिँदा विकास आग्रीले २ तथा गजेन्द्र बोहोरा र नारायण जोशीले १-१ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.