1 year ago
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रधानमन्त्री कप २०२४ अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सोमबार मुलपानी मैदानमा सम्पन्न खेलमा कर्णालीलाई ७ विकेटले हराउँदै बागमती लगातार चौथो जित दर्ता गर्न सफल भयो ।
टस जितेर ब्याटिङ रोजेको कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर इशान पाण्डेले आक्रामक ४० रन जोड्दै सहज जित पक्का गरेका थिए । त्यसअघि रिजन ढकालले ५ विकेट लिँदै कर्णालीको शीर्षक्रम धराशायी बनाएका थिए ।
यस जितले बागमती ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसाथ शीर्षस्थानमा छ । कर्णाली भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै सातौंमा छ । बागमतीले लगातार चौथो खेलमा जित हासिल गर्ने क्रममा मधेश, आर्मी, कोशी र कर्णालीलाई हराएको थियो । सुरुवाती दुई खेलमा भने पुलिस र एपिएफसँग पराजित भएको थियो ।
मुलपानी मैदानमा बागमतीले लयमा रहेका ओपनर आशुतोष घिरैयालाई ९ रन जोड्दै सातौं ओभरमा गुमायो । त्यसपछि रित गाताम ११ औं ओभरमा ८ रन जोड्दै आउट भए । त्यसै ओभरमा इशान पाण्डे टोलीको स्कोर ५९ रन रहँदा पेभेलियन फर्किए । इशानले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।
रविन जोशीले १० बलमा २ चौका र १ छक्कासहित १६ रन जोड्दै जित पक्का गरे । अशोक पौडेलले ३ बलमा १ चौका सहित ६ रन जोडे । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।
त्यसअघि कर्णाली २४.२ ओभरमा मात्र ७८ रनमा अलआउट भएको थियो । बागमतीका लागि बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिँदै शीर्षक्रम धराशायी पारे । कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए ।
रिजन ढकालले आफ्नो पहिलो स्पेलमा कर्णालीको सुरुवाती ४ विकेट लिएपछि बागमतीले बलियो सुरुवात पाएको थियो । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।
रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए ।
त्यसपछि बागमतीका स्पिनरले लग्गातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।
२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै क्रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]