1 year ago
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप २०२४ अन्तर्गत २३ औं खेलमा नेपाल एपिएफ क्लबलाई मध्यम लक्ष्य दिएको छ ।
भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोड्यो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे ।
पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपिएफले लगातार विकेट लियो ।
अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर राउटेला र रमेश कुर्मीले २-२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले १-१ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]