12 months ago
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली प्रदेश मात्र ७८ रनमा अलआउट भएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा अलआउट भयो । बागमतीका लागि बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिँदै शीर्षक्रम धराशायी पारे । कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए ।
रिजन ढकालले आफ्नो पहिलो स्पेलमा कर्णालीको सुरुवाती ४ विकेट लिएपछि बागमतीले बलियो सुरुवात पाएको थियो । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।
रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए ।
त्यसपछि बागमतीका स्पिनरले लग्गातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।
२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै क्रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए ।
अंक तलिअकामा बागमतीको ५ खेलमा ६ अंक छ । कर्णालीको ४ खेलमा ४ अंक रहेको छ । आजको खेलमा जित हासिल गरे गण्डकी शीर्षस्थानमा उक्लने अवसर हुनेछ ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]