1 year ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय यू-१९ टोलीका कप्तान देव खनालले आइसीसी यू-१९ विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेपछि टोलीको प्रदर्शन अझ राम्रो हुन सक्ने बताएका छन् ।
जितका लागि ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा ५० ओभर ब्याटिङ गर्दै २ सय ३८ रन जोड्यो । नेपालका लागि अर्जुन कुमालले ९० रनको योगदान दिएका थिए । कप्तान देवले खेलपछि बोल्दै टोलीको प्रदर्शनबारे यसो भने ।
‘खेलाडीले देखाएको प्रदर्शन र प्रयासबाट खुसी छु । गौरव महसुस भएको छ । यो भन्दा केहि राम्रो हुन सक्थ्यो । हामीले आउने खेलमा त्यसलाई हेर्नेछौं ।’
देवले अर्जुनको प्रदर्शनको पनि खुलेर प्रशंसा गरे । ‘अर्जुन हाम्रो लागि एसिया कपदेखि राम्रो गरिरहेका छन् । उनको ब्याटिङका लागि खुसी छु । तर शतक बनेको भए अझ राम्रो हुन्थ्यो । उनी हाम्रो महत्त्वपूर्ण खेलाडी हुन्,’ देवले थपे ।
कप्तान देवले बलर र फिल्डरबाट राम्रो सुरुवात गर्न नसकेको स्वीकारे । ‘आज फिल्डीङ राम्रो गरेको भए अझ राम्रो हुने थियो । बलरले पनि लाइनमा ध्यान दिनुपर्ने देखिन्छ । यो कमजोरीलाई आउने खेलमा सुधार गर्नेछौं,’ उनले भने ।
ब्याटिङमा भने आफूसहित शीर्षक्रमका अन्य ब्याटरले राम्रो गर्न नसकेको देवले बताए । ‘क्रिजमा सकारात्मक सोचका साथ गएका थियौं । तर सुरुवातमै २ विकेट गएपछि अर्जुन र मैले इनिङ बढायौं । निकै महत्त्वपूर्ण समयमा मेरो विकेट गयो । सायद म बसेको भए सहज हुन्थो । तल्लो क्रममा ब्याटरले राम्रो साथ दिए र स्कोर लगातार बढ्यो ।’
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]