1 year ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्नेहिथ रेड्डीले शतक प्रहार गरेपछि आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डबाट बलियो लक्ष्य पाएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे । १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । १ सय ६ बलमा शतक पूरा गरेका उनले त्यसपछि भने आक्रामक ब्याटिङ गरे । अन्तिम १९ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।
पहिलो पावरप्लेमा ५३-० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।
१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् ।
त्यसपछि रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे । ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए । उनी ४२ औं ओभरमा आकाश त्रिपाठीको शिकार बने ।
त्यसपछि ४३ औं ओभरको लगातार बलमा गुलशन झाले लाच्लन स्ट्याकपोल र ज्याक कमिंगलाई खाता नखोली पेभेलियन फर्काए । एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए । सुभाषले नै अन्तिम ओभरमा म्याट रोलाई २ रनमा आउट गरे ।
नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १-१ विकेट रह्यो ।
नेपालले अब बुधबार हुने खेलमा पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]