1 year ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्दैछ । न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आज प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ । अनुभवी गुलशन झासँगै आकाश चन्द टोलीमा रहेका छन् । त्यस्तै स्पिनर दीपेश कँडेल, सुभाष भण्डारी र तिलक भण्डारी तीनै जना टोलीमा छन् ।
नेपालको प्लेइङ ११ :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा (ओपनर), उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा
बेन्च : दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशाल विक्रम केसी, विपिन रावल
यस्तो छ इतिहास :
यू-१९ विश्वकप इतिहास हेर्ने हो भने नेपालले यसअघि यी दुई टोलीबीच भएको दुवै खेल जितेको छ । सन् २००६ मा कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपालले वसन्त रेग्मीको अलराउन्ड प्रदर्शनमा न्युजिल्याण्डलाई एक विकेटले स्तब्ध पारेको थियो ।
त्यस्तै २०१६ मा राजु रिजालको कप्तानी इनिङमा नेपाल विजयी भएको थियो । त्यसबेला टोलीमा रहेका रचिन रविन्द्र, फिन एलेन र ग्लेन फिलिप्स अहिले सिनियर टोलीमा छन् ।
यसपटक नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन् । लगातार यू-१९ उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टोलीमा अनुभवी प्रशिक्षक जगत टमाटाको उपस्थिति छ । सिनियर टोलीविरुद्ध लगातार खेलेका तीव्र गतिका बलर रहेकाले पनि नेपालले आशा राख्ने ठाउँ छ । त्यसका लागि ब्याटरले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । नेपाल रहेको समूह डी मा पाकिस्तान र अफगानिस्तान पनि छन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]