1 year ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध सामान्य योगफल खडा गरेको छ ।
टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गर्यो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर अभ्यासको बलिङसामु चल्न नसक्दा गण्डकी एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा थियो ।
गण्डकीका लागि मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । मुस्कानले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ रनको योगदान दिए । उनले ४२ औं ओभरमा आउट हुनुअघि १ सय २२ बल खेल्दै ७ चौका प्रहार गरे ।
फिर्दोस अन्सारीले फ्याँकेको इनिङको चौथो बलमै करण पंगेनी ४ रनमा कट बिहाइन्ड भएपछि मुस्कान ब्याटिङमा आएका थिए । त्यसपछि अर्कोतर्फ लगातार विकेट खस्दा मुस्कानले इनिङ बढाइरहे । अभ्यास तिम्सिनाले उत्कृष्ट बलिङ गर्दै शीर्षक्रम धराशायी बनाए ।
उनले समिर कँडेल र कृश ऐरलाई खाता नखोली पेभेलियन फर्काए । अश्वनी राना ६ रन र अमृत गुरुङ ४ रन जोड्दै उनकै शिकार बने । एक समय ३८-५ को स्थितिमा पुगेको गण्डकीलाई कमल परियारले १३ रन तथा कप्तान विपिनले ४२ रन जोड्दै उकासे । विपिनले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए ।
कोशीका लागि अभ्याससँगै फिर्दोस, कमल खत्री र सोनु मण्डलले १-१ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]