1 year ago
January 21, 2024
एजेन्सी – पाकिस्तानले पाँचौं तथा अन्तिम टि-२० आईमा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएपछि क्लिनस्विप हुनबाट जोगिएको छ ।
अन्तिम खेल पाकिस्तानले जितेपछि ५ खेलको सिरिज न्युजिल्यान्डले ४–१ ले आफ्नो पक्षमा पार्यो । अघिल्ला ४ खेलमा न्युजिल्यान्ड ४६ रन, २१ रन, ४५ रन र ७ विकेटले विजयी भएको थियो ।
जितका लागि शनिबारको अन्तिम खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्ड १७.२ ओभरमा ९२ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक २६, फिन एलेन २२, टिम सिफर्ट १९, रचिन रविन्द्र १ र विल योंग १२ रन बनाएका थिए।
पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान तथा जमान खान र उस्मा मिरले समान विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । प्लेयर अफ द म्याच फखार जमानको आक्रामक इनिङ नै खेलमा महत्त्वपूर्ण सावित भयो ।
जमानले १६ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडेका थिए । ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३८, सहिबजाद फहरानले १९, बाबर आजमले १३ रन बटुलेका थिए ।
न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र इश सोधीले समान २ विकेट लिएका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]