default_image

1 year ago

January 20, 2024

भारतसँग बंगलादेशको हार

1264 views

0 Bookmark

एजेन्सी – भारतले जितका साथ आइसिसी यू १९ विश्व कपको यात्रा सुरु गरेको छ । भारतले शनिबार बंगलादेशलाई ८४ रनले हराएको छ । २ सय ५२ रनको मध्यम पछ्याएको बंगलादेश ४५.५ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।

बंगलादेशका मोहम्मद साहिब जेम्सले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका उनले ७ चौकासहित ५४ रन बनाएका थिए । अरिफुल इस्लामले ४१ रन जोडेका थिए । शेख पेभेज जिबोनले १५, अस्विकुल रहमान शिवी र जिशान आलमले समान १४ रन थपेका थिए ।

भारतका लागि सौम्य पाण्डेले ९.५ ओभरमा १ मेडनसहित २४ रन दिएर ४ विकेट लिएका थिए । मुसिर खानले २, राज लिम्बानी, अस्रिन कुलकर्णी र प्रियान्सु मोलियाले समान १ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकामा जारी विश्व कपको समूह एमा त्यसअघि टस जितेर बंगलादेशबाट ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको थियो । भारतका लागि ओपन आर्दश सिंह र उदय साहारनले अर्धशतक बनाएका थिए ।

९६ बल खेलेका आर्दशले ६ चौकासहित ७६ र ९४ बल खेलेका उदयले ४ चौकासहित ६४ रन बनाएका थिए । सचिन दासले २६, प्रियंसु मोलिया र अर्भेली अभानिसले समान २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा बंगलादेश मरुफ मृधाले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर ५ विकेट लिए । चोधुर मोहम्मद रिजवान र मफुजुर रहमान रवीले समान १ विकेट लिए ।

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

May 14, 2025

सन्दीपले क्यानको केन्द्रिय सम्झौता नलिने, क्यानले छलफलपछि निर्णय गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले […]

May 13, 2025

हङकङसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]

Success

Thank you for your time.