1 year ago
January 20, 2024
एजेन्सी – पाकिस्तानले आइसिसी यू १९ विश्व कप क्रिकेटमा शनिबार अफगानिस्तानाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ ।
दक्षिण अफ्रिकामा जारी विश्व कपमा नेपाल सम्मिलित समूह डीको पहिलो खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान २० रन, हसन इसाकीले १९ रन बनाए भने अन्य कुनै ब्याटर चलेनन् ।
पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद जिशानले ३ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सहजाइब खानको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो ।
ओपनर सहजाइबले १ सय २६ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए । साद बेगले अर्धशतक बनाए । ५२ बलमा उनले ३ चौका ४ छक्का प्रहार गरे । रियाज उल्लाहले ४६, उबेद शाहले २२ रन बनाए । अफगानिस्तानका खालिद अहमदले ४, बसिर अहमदले २ विकेट लिए । समूह बीमा शनिबार इग्ल्यान्डले स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले […]