1 year ago
January 20, 2024
एजेन्सी – इंग्ल्यान्डले शनिबार आइसिसी यू १९ मा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । समूह ‘बी’मा टस जितेर इंग्ल्यान्डले विपक्षी टोलीलाई पहिले ब्याटिङ गराउने निर्णयलाई सहित सावित गराउने क्रममा स्टकल्यान्डलाई ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ७४ रनमा सिमित गरेको थियो ।
जवाफमा इंग्ल्यान्डले २६.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । कप्तान बेन मिकिनी र जेड्न डेन्लीले पहिलो विकेटमा शतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात गराएका थिए ।
बेनले अर्धशतकीय इनिङ खेले । ६८ बल खेलेका उनले १२ चौका र ३ छक्काको मद्दतमा ८८ रन बनाए । जेड्नले ४० र नाहा थाइनले २२ रन जोडे । हम्जा शैख ६ र लुक बेन्केन्सन्टेन ११ रनमा नटआउट गरे । स्कटल्यान्डका इब्राहिम फैसलले २ तथा एडि हेजले १ विकेट लिए ।
त्यसअघि स्कटल्यान्डका लागि ओवेन गुल्डले ४८, जेमी डुन्कले ४०, लोगान बिग्सले १८, म्याकिन्जेन जोन्सले १३ र उजेर अहमले १२ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका लुक र फरहानले समान ३ विकेट , तथा सेबास्टियन मोर्गान, डोमिनिक केनी र जेड्नले समान १ विकेट लिए ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]