default_image

1 year ago

January 20, 2024

अफगानिस्तानविरुद्ध सहजाइबको शतक

1123 views

0 Bookmark

एजेन्सी – सहजाइब खानको शतकको मद्दतमा पाकिस्तानले अफगानिस्तानलाई आइसिसी यू १९ मा २ सय ८५ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको समूह डीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । ओपनर सहजाइबले १ सय २६ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए ।

साद बेगले अर्धशतक बनाए । ५२ बलमा उनले ३ चौका ४ छक्का प्रहार गरे । रियाज उल्लाहले ४६, उबेद शाहले २२ रन बनाए । अफगानिस्तानका खालिद अहमदले ४, बसिर अहमदले २ विकेट लिए ।

समूह बीमा स्कटल्यान्डविरुद्ध इग्ल्यान्डले १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको छ । अर्को समूहमा बंगलादेशले भारतविरुघ २ सय ५२ रनको लक्ष्यका लागि ब्याटिङ गरिरहेको छ ।

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

Success

Thank you for your time.