default_image

1 year ago

January 20, 2024

बंगलादेशलाई भारतको मध्यम लक्ष्य

1391 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी यू १९ विश्व कपमा बंगलादेशलाई २ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपको समूह एमा टस जितेर बंगलादेशबाट ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको थियो ।

भारतका लागि ओपन आर्दश सिंह र उदय साहारनले अर्धशतक बनाएका थिए । ९६ बल खेलेका आर्दशले ६ चौकासहित ७६ र ९४ बल खेलेका उदयले ४ चौकासहित ६४ रन बनाएका थिए । सचिन दासले २६, प्रियंसु मोलिया र अर्भेली अभानिसले समान २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा बंगलादेश मरुफ मृधाले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर ५ विकेट लिए । चोधुर मोहम्मद रिजवान र मफुजुर रहमान रवीले समान १ विकेट लिए ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.