default_image

1 year ago

January 19, 2024

पाकिस्तानविरुद्ध न्युजिल्यान्डको लगातार जित

752 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको चौथो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेपछि शुक्रबार घरेलु टोली न्युजिल्यान्डले चौथो टि-२० आईमा पाकिस्तानलाई ७ विकेटले हराएको छ ।

जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डलाई जिताउन २०-३ बाट उकास्दै चौथो विकेटका लागि मिचेल र फिलिप्सले कीर्तिमानी अविजित शतकीय साझेदारी गरे । उनीहरूले ९३ बलमा १ सय ३९ रनको साझेदारी गरे । यो न्युजिल्यान्डबाट टि-२० आईमा चौथो विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि सन् २०१७ मा बंगलादेशसँगको खेलमा केन विलियम्सन र कोरी एन्डरसनले टि-२० आईमा चौथो विकेटका १ सय २४ रनको साझेदारी गरेका थिए ।
ग्लेन फिलिप्स ५ चौका र ३ छक्कासहित ७० रनमा र डर्याल मिचेल ७ चौका र २ छक्कासहित ७२ रनमा नट आउट रहे ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ६३ बलमा ६ चौका र २ छक्कासहित ९० रनको नटआउट इनिङ खेलेका थिए ।

न्युजिल्यान्डका म्याट हेनरीले र लोकी फर्गुसनले समान २ विकेट लिए । एडम मिल्नेले १ विकेट लिए। पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ । पाकिस्तानसँगको ५ खेलको सिरिजमा न्युजिल्यान्ड ४-० ले अगाडि छ।

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

Success

Thank you for your time.