default_image

1 year ago

January 19, 2024

अष्ट्रेलिया १० विकेटले विजयी

450 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध जारी पहिलो टेस्टको तेस्रो दिन नै १० विकेटको जित दर्ता गरेको छ ।

वेस्ट इन्डिजले प्रस्तुस गरेको २६ रनको लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमा नै पूरा गरेको हो । स्टिभ स्मिथ ११ र मार्नस लाबुसेन १ रनमा आउट भए । उस्मान खवाजा ९ रनमा खेलिरहँदा शमार जोसेफको बाउन्सर लाग्दा घाइते हुँदै बाहिरिएका थिए ।

त्यसअघि तेस्रो दिनको खेल ७३–६ को स्थितिमा सुरुवात गरेको वेस्ट इन्डिज १ सय २० रनमा अलआउट भएको थियो । जोश डा सिल्भा १८ रन जोड्दै आउट भएपछि लगातार विकेट पत्न भएको थियो । जोश हेजलवुडले ५ विकेट लिँदा मिचेल स्टार्क र नाथन लायनको नाममा २-२ विकेट रह्यो । क्यामरन ग्रीनले १ विकेट लिए ।

वेस्टइन्डिजका कर्क म्याकेन्जीले अघिल्लो दिन जोडेको २६ रन नै सर्वाधिक रह्यो । जस्टिन ग्रिभ्स २४ रनमा आउट भए । अल्जारी जोसेफले १६ तथा समार जोसेफले १५ रन जोडे ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ३४ बलमा १२ चौका र ३ छक्कासहित १ सय १९ रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको सातौं शतक हो ।

अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ४५, स्टिभ स्मिथ १२, मार्नस लाबुसेन १०, क्यामरन ग्रीन १४, एलेक्स केरी १५ र मिचेल मार्श ५ रनमा आउट भए । वेस्टइन्डिजका शामर जोशेफले २० ओभरमा २ मेडनसहित ९४ रन खर्चेर ५ विकेट लिए । केमार रोच र जस्टिन ग्रेभ्सले २–२ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका युवा ब्याटर किर्क म्याकेन्जीले ९४ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि भ्रमण टोलीका ब्याटरले अष्ट्रेलिया तीव्र गतिका बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर क्रेग ब्रेथवेट १३, तेजनारायण चन्द्रपाउल ६, एलिक एजान्थे १३, अल्जारी जोशेफ १४ र केमार रोचले १७ रन बनाए । अष्ट्रेलियाका जोश हेडजलवुडले १५ ओभरमा ६ मेडनसहित ४४ रन खर्चेर ४ विकेट लिए ।

प्याट कमिन्सले १७ ओभरमा ५ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले १–१ विकेट लिए ।

दोस्रो टेस्ट २५ जवनरीदेखि सुरु हुनेछ । सिरिज दुई टेस्ट खेलको हुनेछ ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.