1 year ago
January 18, 2024
एजेन्सी – ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट बलिङमा अष्ट्रेलिया पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध जिततर्फ अघि बढेको छ ।
दोस्रो दिन वेस्टइन्डिज दोस्रो इनिङमा ७३–६ को दयनीय अवस्थामा छ । वेस्टइन्डिज खेलमा २२ रनले पछि परेको छ । वेस्टइन्डिजका किर्क म्याककेन्जी २६ रनमा क्रिजमा छन् । जस्टिन ग्रेभ्स २४ रनमा आउट भए । क्रिजमा जोशुवा डि सिल्भा १७ रनमा नट आउट छन् ।
अष्ट्रेलियाका जोश हेडजलवुडले ८ ओभरमा ४ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । क्यामरन ग्रीन र नाथन लायनले १(१ विकेट लिए ।
अष्ट्रेलिया पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भयो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ३४ बलमा १२ चौका र ३ छक्कासहित १ सय १९ रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको सातौं शतक हो ।
अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ४५, स्टिभ स्मिथ १२, मार्नस लाबुसेन १०, क्यामरन ग्रीन १४, एलेक्स केरी १५ र मिचेल मार्श ५ रनमा आउट भए । वेस्टइन्डिजका शामर जोशेफले २० ओभरमा २ मेडनसहित ९४ रन खर्चेर ५ विकेट लिए । केमार रोच र जस्टिन ग्रेभ्सले २–२ विकेट लिए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका युवा ब्याटर किर्क म्याकेन्जीले ९४ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि भ्रमण टोलीका ब्याटरले अष्ट्रेलिया तीव्र गतिका बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर क्रेग ब्रेथवेट १३, तेजनारायण चन्द्रपाउल ६, एलिक एजान्थे १३, अल्जारी जोशेफ १४ र केमार रोचले १७ रन बनाए । अष्ट्रेलियाका जोश हेडजलवुडले १५ ओभरमा ६ मेडनसहित ४४ रन खर्चेर ४ विकेट लिए ।
प्याट कमिन्सले १७ ओभरमा ५ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले १–१ विकेट लिए । दोस्रो टेस्ट २५ जवनरी देखी सुरु हुनेछ । सिरिज दुई टेस्ट खेलको हुनेछ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]