default_image

1 year ago

January 18, 2024

एपीएफ मधेशसँग स्तब्ध

2962 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर रुपेश सिंहको सानदार अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । मधेशले रोमान्चक जितका साथ एपीएफलाई आफ्नो पिएमकप इतिहासमा पहिलो पटक हराएको छ ।

खेलमा ब्याटिङ गर्नेक्रममा अभिनाश बोहरा ४९ औं ओभरमा घाइते भएपछि दोस्रो इनिङमा बलिङ नै आएनन् । अभिनाश नहुँदा एपीएफले बलिङमा राम्रो प्रदर्शन गर्न सकेनन् ।

जितको लागि २ सय ४७ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा रुपेश सिंह ७२ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा नट आउट रहे । पवन सरार्फले ६६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

पाँचौं विकेटका लागि निरज यादव र रुपेश सिंहले ८७ रनको साझेदारी गरेपछि खेल रोचक बनेको थियो । रोहित पौडेलले ४४ औं ओभरको अन्तिम बलमा निरजलाई अफ साइडको बलमा बोल्ड गर्दै उक्त साझेदारी तोडेका थिए ।

निरजले ७० बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए । मधेशको सुरुवात भने राम्रो थिएन । ओपनर मयन यादव २ रनमा लोकेश बमबाट क्याच आउट भए । डेब्यू खेल खेलेका बायाँ हाते युवा स्पिनर रमेश कुर्मीले चोभार एन्डबाट आउँदै क्याच गराएका थिए ।

कुर्मीकै बलमा कप्तान हरिशंकर शाह फस्ट स्लिपमा सन्दीप जोराबाट ८ रनमा क्याच आउट भएका थिए । अनिल कुमार शाह ५० बलमा २ चौकासहित २९ रनमा आउट भए । रोहित पौडेलको बलमा उनी आसिफ शेखबाट एज लागेर आउट भएका थिए।

त्यसपछि युवा ब्याटर निरज यादव र पवन सरार्फले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एपीएफका रमेश कुर्मी र रोहित पौडेलले २-२ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । एपीएफका ओपनर आसिफ शेखले ६९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५९ बनाएका थिए । कप्तान रोहित पौडेल ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए ।

ओपनर प्रज्वल शाही तेस्रो बलमै रुपेश सिंहको बलमा शून्या क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ र रोहितले १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर त्यसपछि मध्यक्रमका ब्याटर नचल्दा विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।

रोहित स्पिनर रञ्जित कुमारको २५ औं ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा क्याच आउट भए । स्वीप हान्ने धुनमा उनी क्याच आउट भएका थिए ।

अर्को ओभरमा अरनिको यादवलाई चोभार एन्डतर्फ सर्ट खेल्ने धुनमा लङअफमा आसिफ शेख पनि अभिषेक तिवारीबाट क्याच आउट भए । त्यसपछि प्रदीप पासवानले मध्यक्रममा तीन महत्व विकेट लिँदै एपीएफलाई विशाल योगफल बनाउन बाट रोकेका थिए ।

प्रदीप पासवानले सन्दीप जोरालाई ३३ औं ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । यसै ओभरको पाँचौं बलमा सुमित महर्जन ९ रनमा कट एण्ड बोल्ड आउट भए । पासवानले लोकेश बमलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि एपीएफ १६५–३ बाट १७३–६ को कमजोर अवस्थामा पुगेको थियो ।

आठौं विकेटका लागि अभिनाश बोहरा र अमरसिंह राउटेलाले ५२ रनको साझेदारी गरे । अभिनाश ८ रनमा रिटायर्ड हर्ट भए । उनको बायाँ हातमा चोट लागेको थियो ।

तर रमेश कुर्मी र मौसम ढकाल रुपेश सिंहको बलमा आउट भएपछि अभिनाश पुन ब्याटिङमा गएका थिए । अमरसिंह राउटेला ५७ बलमा २ चौका र ३ छक्कासहित ४९ रनमा नट आउट रहे ।

मधेशका स्पिनर प्रदीप पासवानले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका थिए । रुपेश सिंहले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर २ विकेट लिए

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.