10 months ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिमले तीन विभागी टोलीलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
जितको लागि २ सय २ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अल आउट भयो । गण्डकीका आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरका शेर मल्लले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिए । गजेन्द्र बोहराले २, भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले १–१ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भएको थियो । सुदूरको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन बनाए । नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।
एक समय ७२–६ को दयनीय अवस्थामा पुगेको सुदूरलाई खेलमा फर्काउन सातौं विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आठौं विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरेका थिए । यी दुई साझेदारी जितको आधार बने ।
नरेन १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाए । गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २–२ विकेट लिए ।
सुदूरले यसअघि कर्णालीलाई १ सय ३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको थियो । गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।
सुदूर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]