1 year ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई २ सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो ।
एपीएफका ओपनर आसिफ शेखले ६९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५९ बनाए । कप्तान रोहित पौडेल ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए ।
ओपनर प्रज्वल शाही तेस्रो बलमै रुपेश सिंहको बलमा शून्या क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ र रोहितले १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
रोहित स्पिनर रञ्जित कुमारको २५ औं ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा क्याच आउट भए । स्वीप हान्ने धुनमा उनी क्याच आउट भएका थिए ।
अर्को ओभरमा अरनिको यादवलाई चोभार एन्डतर्फ सर्ट खेल्ने धुनमा लङअफमा आसिफ शेख पनि अभिषेक तिवारीबाट क्याच आउट भए । त्यसपछि प्रदीप पासवानले मध्यक्रममा तीन महत्व विकेट लिँदै एपीएफलाई विशाल योगफल बनाउन बाट रोकेका थिए ।
प्रदीप पासवानले सन्दीप जोरालाई ३३ औं ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । यसै ओभरको पाँचौं बलमा सुमित महर्जन ९ रनमा कट एण्ड बोल्ड आउट भए । पासवानले लोकेश बमलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि एपीएफ १६५–३ बाट १७३–६ को कमजोर अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि अभिनाश बोहरा र अमरसिंह राउटेलाले ५२ रनको साझेदारी गरे । अभिनाश ८ रनमा रिटायर्ड हर्ट भए । उनको बायाँ हातमा चोट लागेको थियो ।
तर रमेश कुर्मी र मौसम ढकाल रुपेश सिंहको बलमा आउट भएपछि अभिनाश पुन ब्याटिङमा गएका थिए । अमरसिंह राउटेला ५७ बलमा २ चौका र ३ छक्कासहित ४९ रनमा नट आउट रहे ।
मधेशका स्पिनर प्रदीप पासवानले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंहले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर २ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]