default_image

11 months ago

January 18, 2024

कुशल र साहबको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित

1301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराएको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीको जितमा कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । त्यस्तै सन्तोष कार्की २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भएको थियो ।

कोशीका कप्तान अंकित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता खोल्न सकेनन् ।

ओपनर फिर्दोस अन्सारी तेस्रो बलमै सोमपाल कामीको बलमा क्याच आउट भए । समिर कार्कीलाई विवेक यादवले ६ रनमा बोल्ड गरेपछि २४–२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटका लागि अंकित र सुजन थपलियाले ४६ रनरको साझेदारी गरेपछि कोशी एक समय १२।१ ओभरमा ७०–२ को अवस्थामा थियो ।

बाँकी १८ रन जोड्न ८ विकेट गुमाएपछि कोशी ८८ रनमा अल आउट भयो । आर्मीका साहब आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले ५ ओभरमा ३ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।

आर्मी अघिल्लो दिन मुलपानीमा बागमतीसँग तीन विकेटले स्तब्ध भएको थियो । आर्मीले पहिलो खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराएको थियो । कोशीको यो लगातार चौथो हार हो ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.