1 year ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध अर्धशतकपछि आउट भएका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । ओपनर आसिफ शेख ६९ बलमा ५ चौका र ३ छक्कासहित ५९ रनमा आउट भए । रोहित ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए ।
ओपनर प्रज्वल शाही तेस्रो बलमै रुपेश सिंहको बलमा शून्या क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ र रोहितले १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
रोहित स्पिनर रञ्जित कुमारको २५ औं ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा क्याच आउट भए । स्वीप हान्ने धुनमा उनी क्याच आउट भएका थिए ।
अर्कोओभरमा अरनिको यादवलाई चोभार एन्डतर्फ सर्ट खेल्ने धुनमा लङअफमा आसिफ शेख पनि अभिषेक तिवारीबाट क्याच आउट भए । एपीएफका सन्दीप जोरा ११ र सुमित महर्जन ४ रनमा खेलेका छन् ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]