default_image

1 year ago

January 18, 2024

टि२० आईमा पहिलो पटक दुई सुपर ओभर

812 views

0 Bookmark

एजेन्सी – टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक सुपर ओभर पनि टाई भएको छ । भारत र अफगानिस्तानबीचको तेस्रो टि२० आई खेल सुपर ओभरमा पुगेको थियो । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो ।

जितको लागि अन्तिम ओभरमा १९ रन चाहिँदा मुकेश कुमारलाई गुलबदीन नैबले १८ रन जोड्दै खेल सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो । भारतले पनि १६ रन नै बनायो ।

त्यसपछि दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउन सकेको थियो । तर अफगानिस्तानले तेस्रो बलमा आफ्ना दुई विकेट एक रनमा गुमाएपछि खेल हार्न पुग्यो । सुपर ओभरको नियम अनुसार दुई खेलाडी आउट भएपपछि खेल्न पाइँदैन ।

टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक सुपर ओभर टाइ भएको हो । त्यसैले पहिलो पटक टि२० आईमा दुई सुपर ओभर भएका हुन् । यसअघि ओडिआई र टि२० क्रिकेटमा भने टाइ भई सकेको छ । २०१९ को एकदिवसीय विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेलको सुपर ओभर पनि टाइ भएको थियो ।

उक्त विश्वकपको फाइनलमा जितको लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याउँदा इंग्ल्यान्ड २ सय ४१ रनमै अल आउट भएको थियो । सुपर ओभर जित्न न्युजिल्यान्डले १६ रन बनाउनु पर्ने थियो । १५ रन बनाएपछि सुपर ओभर टाई भएको थियो । तर त्यो समय सुपर ओभर टाइ भएका बाउन्ड्री काउन्टको आधारमा टोलीले जित्ने नियम थियो । त्यसैको कारण इंग्ल्यान्ड विश्वकप च्याम्पियन बनेको थियो ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेलमा सुपर ओभर टाइ भएपछि दोस्रो सुपर ओभर भएको थियो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पन्जाबले पन्जाबले २ विकेट गुमाउँदै ५ रन जोडेको थियो । पन्जाबमा मोहम्मद शामीले सबै ६ बलमा योर्करका साथ मुम्बईलाई ५ रनमै रोकेका थिए ।

दोस्रो सुपर ओभरमा मुम्बईले १ विकेट गुमाउँँदै ११ रन बनाएको थियो । क्रिस गेलले ट्रेन्ट बोल्टलाई पहिलो बलमा छक्का, तेस्रो र चौथो बलमा चौका हान्दै पन्जाबलाई रोमान्चक जित दिलाएका थिए ।

March 27, 2025

लखनउको पहिलो जित

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । […]

March 27, 2025

लखनउलाई हैदराबादको बलियो लक्ष्य

एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]

March 27, 2025

लखनउले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित […]

Success

Thank you for your time.