1 year ago
January 18, 2024
एजेन्सी – भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जित हात पार्नेक्रममा नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ ।
जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएपछि पुन टाई भएको थियो । दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउँदा अफगानिस्तानले एक रन मात्रै बनाउन सक्यो ।
त्यसअघि चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
भारतका कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित सर्वाधिक १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।
एक समय ४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरेका थिए ।
भारतले अन्तिम १२ बलमा ५८ रन जोेडेको थियो । अन्तिम ओभरमा भारतले करिम जन्नतलाई पाँच छक्कासहित कुल ३६ रन जोडेको थियो । १९ औं ओभरमा भारतले २२ रन जोडेको थियो । जसक्रममा नेपालका तीन विश्व कीर्तिमान पनि तोडेको थियो ।
३. अन्तिम दुई ओभरमा सर्वाधिक रन
भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । टि२० क्रिकेटमा कुनै पनि टोलीले अन्तिम दुई ओभरमा जोडेको यो सर्वाधिक रन हो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो । नेपालले १९ औं ओभरमा पाँच छक्कासहित कुल ३२ रन जोडेको थियो । अन्तिम ओभरमा तीन छक्कासहित कुल २३ रन जोडेको थियो । सबै ८ छक्का दीपेन्द्रले नै हानेका थिए ।
२. डेथ ओभरमा सर्वाधिक रन
भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १ सय ५ रन जोड्यो । टि२० आईमा डेथ ओभरमा जोडेको सर्वाधिक रन हो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो ।
१.पाँचौं विकेटका लागि उच्च साझेदारी
टि२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च साझेदारी पनि तोडिएको छ । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको विश्व कीर्तिमानी साझेदारी गरे ।
गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १ सय ४५ गरेको कीर्तिमानको साझेदारी तोडेका हुन् ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]