1 year ago
January 17, 2024
एजेन्सी – भारतका प्रमुख ब्याटर विराट कोहली र विकेटकिपर अफगानिस्तानसँगको तेस्रो टि२० आई खेलमा गोल्डेन डक आउट भएका छन् । बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले कमजोर सुरुवात गरेको छ ।
तीव्र गतिका बलर फरिद अहमदको तेस्रो ओभरको तेस्रो बलमा यशस्वी जैसवाल ४ रनमा मोहम्मद नाबीबाट क्याच आउट भए । लागत्तै अर्को बलमा विराट कोहली गोल्डेन डक भएका हुन् ।
कप्तान इब्राहिम जद्रानबाट क्याच हुँदै कोहली पहिलो बलमै फर्किए । त्यस्तै यस सिरिजमा पहिलो पटक मौका पाएका सञ्जु स्यामसन पनि गोल्डेन डक भएका छन् । फरिद अहमदको पाँचौं ओभरको तेस्रो बलमा सञ्जु मोहम्मद नाबीबाट क्याच आउट भए । त्यसअघि चौथो ओभरको अन्तिम बलमा शिमब दुबे एक रनमा क्याच आउट भए ।
भारतले ५ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाएको छ । सुरुवाती दुई खेलमा शून्यमा आउट भएका कप्तान रोहित शर्मा ८ र रिंकु सिंह शून्यमा क्रिजमा छन् । अफगानिस्तानका फरिद अहमद ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]